World Diabetes Day 2024
#WorldDiabetesDay आज नोभेम्बर १४ अर्थात विश्व मधुमेह दिवस । विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ आहार सेवन, नियमित शारीरिक क्रियाकलाप, सन्तुलित तौल व्यवस्थापन र सुर्तीजन्य पदार्थको सेवन नगरे टाइप टु मधुमेहबाट बच्न सकिन्छ भने पूर्व रोकथाम समेत गर्न सकिन्छ । मधुमेहको उपचार पनि गर्न सकिन्छ जसका लागि आहार, शारीरिक गतिविधि, औषधि सेवन, नियमित जाँच र जटिलताहरूको उपचार जस्ता विषयमा ध्यान दिन जरुरी छ । आँखारोग विशेषज्ञहरुका अनुसार मधुमेह भएका व्यक्तिले आँखामा पर्ने असर (डायबेटिक रेटिनोप्याथी) बाट बच्न समयमै आँखा परिक्षण गराई दृष्टिविहिन हुनबाट जोगीन सकिन्छ । नियमित चेकजाँच गरी चिकित्सकको सल्लाह बमोजिम जिवनशैली व्यवस्थापन गरी मधुमेहको जोखिम कम गर्न सकिन्छ ।