• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

मधुमेह दिवसमा निःशुल्क आँखा परीक्षण

  • 2021-12-06 06:33:32

 तिलगंगा आँखा प्रतिष्ठानले मधुमेह दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण गरेको छ । बुधबार प्रतिष्ठानले तिलगंगा अस्पताल परिसरमा ९९ जना मधुमेह रोगीको आँखा परीक्षण गरेको हो । प्रतिष्ठानले १५ जनाको भने विशेष उपचार (लेजर थेरापी, अभाष्टिन इन्जेक्सन) सेवा दिएको छ ।

विश्व मधुमेह दिवसको अवसर पारेर ‘मधुमेह सेवाको पहुँचः अहिले नभएर कहिले ?’ भन्ने मूल नाराका साथ प्रतिष्ठानले २८ कात्तिकदेखि ४ मंसिरसम्म सचेतना सप्ताह मनाएको हो ।

सप्ताहमा प्रतिष्ठानले मधुमेहले आँखामा पार्ने असरबारे अस्पतालभित्रबाट जानकारीमूलक सामग्री वितरण गर्नका साथै टेलिभिजन, रेडियो र सामाजिक सञ्जालबाट विभिन्न सचेतनामूलक सामग्री प्रशारण गरेको थियो ।

यस्तै, साताभर प्रतिष्ठान, प्रतिष्ठानका शाखा, सामुदायिक आँखा अस्पताल र आँखा केन्द्रमा निःशुल्क मधुमेहका बिरामीलाई उपचार सेवा दिइएको प्रतिष्ठानले जनाएको छ ।

नेपालमा मधुमेहका बिरामीको संख्यामा वृद्धि भएसँगै यसका कारण आँखाको ज्योति गुमाउनेको संख्या पनि बढिरहेको चिकित्सक बताउँछन् ।
१० जना मधुमेहका बिरामीमध्ये १ जनामा आँखाको समस्या देखिने गरेको तिलगंगा आँखा प्रतिष्ठानकी आँखारोग विशेषज्ञ डा. रभा थापाले जानकारी दिनुभयो ।

हरेक तीनमध्ये एकजना मधुमेहका बिरामीले आफ्नो जिवनकालमा कुनै न कुनै प्रकारले दृष्टिमा क्षति व्यहोर्नु पर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ४६ करोड ३० लाख मानिस मधुमेह पीडित छन् । मधुमेहले आँखामा असर गर्छ भन्ने आम मानिसलाई समयमै जानकारी नहुँदा धेरैले आँखाको ज्योति गुमाउनु परिरहेको चिकित्सकको भनाइ छ।

मधुमेह दीर्घरोग हो । यसका असर विभिन्न प्रकारका हुन्छन् । समयमै सचेत भएर उपचार नगरे यसले अन्धोपना, मिर्गौलाले काम नगर्ने जस्ता असर देखिन्छन् ।

नियमित व्यायाम, सन्तुलिन आहार, नियमित स्वास्थ्य परीक्षण, तनाव व्यवस्थापनजस्ता कुरामा ध्यान दिएर यसको क्षति ५० प्रतिशतसम्म रोक्न सकिने विज्ञ बताउँछन् ।

मधुमेहले दृष्टिमा पार्ने असरको विषयमा प्रतिष्ठानले जनचेतना अभिवृद्धि गर्न सन् २०१४ देखि विश्व मधुमेह दिवसको अवसर पारेर डाइबेटिक रेटिनोपेथी दिवस मनाउँदैं आएको छ ।