• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

सन्दर्भ विश्व मधुमेह दिवस : मधुमेहले आँखामा असर

  • 2021-12-06 06:44:51

काठमाडौँ — तिलगंगा आँखा प्रतिष्ठानले आँखामा मधुमेहको असरसम्बन्धी सचेतना सप्ताहका रूपमा विश्व मधुमेह दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । ‘मधुमेह सेवाको पहुँच : अहिले नभए कहिले' मूल भावका साथ प्रतिष्ठानले नि:शुल्क उपचार सेवा पनि प्रदान गरेको छ ।

यसअन्तर्गत मधुमेहको आँखामा असरसम्बन्धी जनचेतना फैलाउन अस्पतालको हाताभित्र बुधबार जानकारीमूलक विभिन्न सामग्री वितरण, आमसञ्चारका विभिन्न माध्यममा सामग्री प्रचारप्रसार तथा मधुमेहका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । यस क्रममा ९९ जनाले निःशुल्क परीक्षण र १५ जनाले विशेष उपचार (लेजर थेरापी र अभाष्टिन इन्जेक्सन) सेवा लिएका छन् ।

अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार संसारभर ४६ करोड ३० लाख मानिस मधुमेहबाट ग्रसित छन् । अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदयरोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामयिक निधनको प्रमुख कारणका रूपमा मधुमेह देखिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हरेक तीनमध्ये एक जना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टिमा क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको बताइन्छ । मधुमेह लागेका व्यक्तिमा हृदयरोगको जोखिम सामान्य मानिसमा भन्दा तीनगुना बढी हुन्छ । मिर्गौलाले काम नगर्ने जोखिम मधुमेहका बिरामीमा १० गुणा बढी हुन्छ ।