• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

सामुहिक श्रद्धाञ्जली–सभा (Mass Condolence Program)

  • 2023-06-11 10:41:29

आँखा दान महादानू भन्ने उक्तिसँगै दृष्टिविहिनहरुलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा कार्यक्रम अन्तर्गतको नेपाल आँखा बैंकले समय समयमा मरणोपरान्त आँखाको नानी दान गरि अमरत्व प्राप्त गर्नुहुने श्रद्धेय महानुभावहरुको सम्झना र सम्मानमा उहाँहरुका परिवारहरुको उपस्थितिमा श्रद्धा सुमन अर्पण गर्न सामुहिक श्रद्धाञ्जली–सभा को आयोजना गर्दै आइरहेको छ । यही परम्परालाई निरन्तरता दिंदै यस वर्ष पनि यही जेष्ठ २७ गते अर्थात् जुन १० तारिख शनिवारका दिन यस सभाको आयोजना गरिएको छ ।तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्ग भन्नुहुन्छ ,"धेरैभन्दा धेरै मानिसहरुलाइ मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन, दाताको परिवारलाई कृतज्ञता प्रदान गर्न, आँखाको नानी पाएका व्यक्तिहरुको अनुभव आदानप्रदान गर्न र दिवंगत आत्माको चिरशान्तिको लागि सामूहिक श्रद्धाञ्जली अर्पण गर्नु यस सभाको मुख्य उद्देश्य हो ।" नेपाल आँखा बैंकका व्यवस्थापक शंख नारायण त्वायना भन्नुहुन्छ, "मानिसको मृत्युपश्चात जसरी धार्मिक रितीरिवाज अनुसार संस्कार गरिन्छ त्यसरी नै आँखादान लाई पनि संस्कारको रुपमा स्थापित गर्न सके दृष्टिविहिनलाई पूःन दृष्टि प्रदान गर्न अझ प्रभावकारी सावित हुनसक्छ ।"