• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

राष्ट्रिय सम्मानका साथ अन्त्येष्ठी

  • 2022-07-11 18:25:52

नेपाल आँखा कार्यक्रमका संस्थापक सदस्य तथा कार्यकारिणि समितिका कोषाध्यक्ष साथै सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोेहण गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल आरोही शम्भु तामाङ्गज्यूको पार्थिव शरिरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्ठी सम्पन्न भएको छ । आज स्वयम्भुमा आयोजित उक्त कार्यक्रममा नेपाल आँखा कार्यक्रमका पदाधिकारी, तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत लगायत विभिन्न विभागका कर्मचारीहरुको उपस्थिती रहेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री माननीय जीवनराम श्रेष्ठज्यूले वहाँको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाउनुभएको थियो भने नेपाल प्रहरीको एक टुकडीद्धारा शोक सलामी अर्पण गरिएको थियो ।