• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Official Inauguration of Nijgadh Tilganga Community Eye Hospital in Madhesh Province

  • 2024-11-14 13:41:00
Nijgadh Tilganga Community Eye Hospital in Madhesh Province has officially been inugurated on 13 November 2024. तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियासँगको साझेदारीमा निजगढ न.पा–९ मा २०८१ साल कार्तिक २८ गते निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको उद्घाटन गरि सेवा सुचारु ग्रिएको छ । मधेश प्रदेशका माननिय मुख्यमन्त्री श्री सतिश कुमार सिंहज्यू द्धारा समुद्घाटित् यो अस्पताल बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल हो । करिव ३० करोडको लागतमा बनेको यो अस्पतालमा हरेक वर्ष ५५ हजार बिरामीलाई उपचार प्रदान गर्न सक्ने क्षमता रहेको छ जसले स्थानिय समुदायलाई गुणस्तरीय, सर्वसुलभ र पहुँच योग्य आँखा उपचार सेवा उपलब्ध गराउनेछ । प्रतिष्ठान अन्तर्गतको निजगढ तिलगंगा सामुुदायिक आँखा अस्पतालले मोतिविन्दु, दृष्टिदोष, डाइबेटीक रेटिनोप्याथी, र अन्य आँखा रोगहरूको उपचारमा ध्यान दिनेछ, जसका लागि अत्याधुनिक उपचार विधी र समग्र सेवा प्रदान गरिनेछ । नेपालमा अन्धोपन र गम्भीर तथा मध्यम दृष्टि हानीको प्रमुख कारण मोतिविन्दु हो । मोतिविन्दुुले अन्धोपन भएका मध्ये अनुमानित ६६.८ प्रतिशत व्यक्तिलाई प्रभावित गरेको छ । प्रा.डा. रुइटले तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट द फ्रेड होलोज फाउन्डेशन, एसिएमई फाउन्डेशन, डि. हच्न्सन र दाताहरूको साथ र समर्थनले यस अस्पताल स्थापना गर्ने सपनालाई वास्तविकतामा परिणत गर्न पाएकोमा हार्दिक आभार व्यक्त गर्नुभएको छ । प्रा.डा. रुइटले आफ्नो मन्तव्यमा तिलगंगा आँखा प्रतिष्ठान समुदायको सेवा गर्नको लागि यो नयाँ अस्पतालको शुरू गर्न पाउँदा सम्मानित अनुुभव गरेको र दाताहरूसँग मिलेर आँखा स्वास्थ्य सेवामा दीर्घकालीन परिवर्तन ल्याउने बारे उल्लेख गर्नभयो । उद्घाटन समारोहमा आमन्त्रीत स्थानीय र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले अस्पतालको निरीक्षण समेत गर्नुभयो । प्रा.डा.रुइतको साथमा फाउण्डेसनका इयान विशार्ट, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुुहृद घिमिरे, कार्यक्रमका बोर्ड सदस्यहरू हरिवंश आर्चाय, सिद्धीलाल श्रेष्ठ, रवि के.सी.,संजय थापा, डा.गोविन्द राज पोख्रेल, मधेश प्रदेशका मुख्यमन्त्री श्री सतीश कुमार सिंह, प्रतिष्ठानका मुख्य कार्यकारी अधिकृत डा. रीता गुरुङ्ग, र अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिती रहेको थियो । Supported By: The Fred Hollows Foundation