Occuloplasty Surgery successfully commenced at Khwopa Tilganga Eye Hospital
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा अस्पतालका बरिष्ठ नेत्र रोग विषेशज्ञ तथा अकुलर अंकोलाजी तथा अकुलोप्लाष्टी विभाग प्रमुख डा. पुर्णिमा राज कर्णिकार स्थापित द्घारा ख्वप तिलगंगा आँखा अस्पतालमा पहिलो पटक अकुलोप्लाष्टी शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ । आँखामा मासु पलाएको, आँखाको क्यान्सर लगायत आकारसँग सम्बन्धित शल्यक्रिया अकुलोप्लाष्टि अन्तर्गत पर्ने गर्दछ । ख्वप तिलगंगा आँखा अस्पतालका मेडिकल डाईरेक्टर डा. सुदीप लाल राजभण्डारी समेतले शल्यक्रियामा भाग लिनुभएको थियो ।
DCR, DCT, Lid Mass, Entropion जस्ता शल्यक्रिया गर्नुपर्ने बिरामीहरुले शल्यक्रिया गरिएको थियो । अबका दिनहरुमा अकुलोप्लाष्टी सम्बन्धि शल्यक्रिया गर्नुपर्ने बिरामीहरुले ख्वप तिलगंगा आँखा अस्पताल बाटै शल्यक्रिया सुबिधा नियमित रुपमा पाउन सक्नुहुनेछ ।