• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Nijgadh OMEC

  • 2024-11-26 14:50:34
पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ स्थित तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटामा आयोजित ३ दिने शिविरमा मोतिबिन्दु भएका २ सय ३० जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । पटेर्वा सुगौली गाँउपालिकाको समन्वयमा तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाले सञ्चालन गरेको शिविरमा तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटा र हेटौंडा सामुदायिक आँखा अस्पतालका चिकित्सकको टोलीले मोतिबिन्दुुको शल्यक्रिया गरेको हो । उक्त शिविरमा १ हजार ३ सय ७ जनाको आँखा परिक्षण गरिएकोमा तीमध्ये ३ सय ९ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । तीनै ३ सय ९ जनामध्ये निचुटाको तीनदिने शिविरमा २ सय ३० जनाको निःशुल्क शल्यक्रिया गरिएको हो ।