• Phone

    (+977) 1 597 0048

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र तामाकोशी सेवा समिति बिच सम्झौता

  • 2023-09-10 17:18:05
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको शाखाको रुपमा संचालन भइरहेको रामेछाप सर्जिकल आँखा केन्द्रमा प्रदान गरिदै आएको सर्जिकल सेवालाई अझ समयानुकूल बनाउन भवन निर्माण गरि गुणस्तरीय तथा र्दिघकालिन सर्जरी सेवा सहितको आँखा सेवा संचालन गर्नको लागि तामाकोशी सेवा समितिले आफ्नो स्वामित्वको ६ आना जग्गा आँखा केन्द्रको भवन निर्माणका लागि उपलब्ध गराउने सम्बन्धमा आज एक कार्यक्रम बिच सम्झौतापत्रमा हस्ताक्षार भएको छ ।
सो सम्झौतापत्रमा प्रतिष्ठानका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.रीता गुरुङ्ग र समितिका तर्फबाट अध्यक्ष गुञ्ज बहादुर श्रेष्ठले हस्ताक्षार गर्नुभएको हो ।