• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

निजामती कर्मचारी अस्पताल र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान बिच सम्झौता

  • 2022-07-11 17:51:54

निजामती कर्मचारी (सिभिल) अस्पताल र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान बिच आज प्रतिष्ठानमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा निजामती कर्मचारी अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्रा. डा. विधान निधि पौडेल र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्गले हस्ताक्षर गनुभएको थियो ।  


प्रतिष्ठानले निजामती कर्मचारी अस्पतालमा भएको आँखा विभागको सुदृढीकरण गर्न आवश्यक पर्ने तालिम,अनुसन्धान कार्य साथै प्राविधिक सहयोग प्रदान गर्ने साथै अस्पताल र प्रतिष्ठान बिच उपचार सेवामा  बिरामीको सहजीकरणको लागि रिफर गर्ने समझदारीपत्रको उद्देश्य रहेको छ ।