• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

मुस्ताङमा आँखा शिविर सञ्चालन

  • 2023-07-06 13:52:46

जोमसोम : मुस्ताङका आँखा रोगको समस्या भएका बिरामीहरूको उपचारमा सहयोग पुर्‍याउन नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत मुस्ताङ आएका छन्। 

तिलगंगा आँखा प्रतिष्ठान केन्द्रको आयोजना सञ्चालित दुई दिने आँखा शिविरका लागि शल्यक्रिया गर्न डा. रुइतसहित तिलगंगा आँखा प्रतिष्ठान केन्द्रको ७ सदस्यीय स्वास्थ्यकर्मी टोली बिहीबार मुस्ताङ आएको हो।

शुक्रबार मुस्ताङ अस्पतालमा बृहत् आँखा शिविर शुभारम्भ गरिएको छ। तिलगंगा आँखा प्रतिष्ठानकै उपशाखाको रुपमा रहेको सामुदायिक आँखा केन्द्र जोमसोमको सहआयोजना र मुस्ताङ अस्पताल, जिसस मुस्ताङ, घरपझोङ गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी मुस्ताङ, विभिन्न आमा समूह, विद्यालय र विद्यार्थीहरूको सहकार्यमा शिविर सञ्चालन गरिएको छ।

पछिल्लो समय बहराइन सरकारबाट घोषित ठूलो पुरस्कारको राशीबाट सम्मानित विख्यात नेत्र रोग विशेषज्ञ डा. रुइत मुस्ताङ आएर आँखाको परीक्षण गर्ने भएपछि मुस्ताङसहित छिमेकी जिल्ला आसपासका आँखाका बिरामीहरूको जोमसोममा घुइँचो बढेको छ। बर्सेनि मुस्ताङमा तिलगंगाले आँखा शिविर सञ्चालन गर्ने गरेपनि यसपटकको शिविरमा डा. रुइतको उपस्थितिले शिविरको रौनकता र महत्व बढेको हो।

टोलीले करिब ८० जनाको आँखाको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ। आँखाको शल्यक्रिया र आँखा परीक्षणका लागि जोमसोम अस्पताल परिसरमा बिरामीको लर्को नै लागेको कार्यक्रम अधिकृत लामाले जानकारी दिए।