• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Information about Shapu for awareness (जनचेतनाको लागि शापु बारे जानकारी)

  • 2023-09-14 11:21:57

एउटा मात्र आँखा अचानक रातो हुनु, उज्यालोमा हेर्न गाह्रो हुनु, आँखाको कालो भागको बीच भागमा सेतो देखिनु अत्यन्तै छोटो समयमा ज्योति ज्यादै कम हुदैजानु, दुखाई त्यति धेरै नहुनु तथा झ्वाट्ट हेर्दा साधारण आँखा पाकेको (Conjunctivitis)  रोग जस्तो देखिएता पनि चिप्प्रा पटक्कै नआउनु नै यस रोगका मुख्य लक्षणहरु हुन् । यो रोग लागेको आँखाको भित्रि भागहरुमा संक्रमण (Infection) भएर (पाकेर) आँखा भित्र पीप भरिन्छ । यो रोगको छिटो भन्दा छिटो उपचार गरिएमा आँखाको ज्योति पूर्ण अथवा आंशिक रुपमा फर्किने तर उपचार ढिलो भएमा ज्योति गुम्नुको साथै आँखा नै सुकेर जाने गर्छ । त्यसैले माथि बताइएका लक्षणहरु तपाईका बालबालिका अथवा तपाई आफैमा पनि देखिए छिटो भन्दा छिटो नजिकैको आँखा अस्पताल वा आँखा उपचार केन्द्रमा सम्पर्क राख्नहुन अनुरोध गर्दछौं । 

कसै कसैमा बत्तिमा आउने सेतो पुतली (Moth)  आँखाको सम्पर्कमा आएपछि यो रोग लागेको देखिएको छ । यसरी शापु रोगीको आँखामा किटाणुको संक्रमणको एउटा माध्यम यही पुतली हुने देखिएकोले यस्ता पुतलीहरुको सम्र्पकबाट बालबालिकाहरुलाई टाढा राख्न सल्लाह दिईन्छ । साथै घर वरिपरि सेतो बत्ती (CFL Bulb)को प्रयोग कम गर्न पनि अनुरोध गरिन्छ । झुल हालेर सुत्दा राति किराहरु आँखामा पर्ने सम्भावना न्यून हने कुराको पनि जानकारी दिईन्छ ।