• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

HCP Live Class Room

  • 2023-11-17 13:09:40
तिलगंगा आँखा प्रतिष्ठानमा यहि कार्तिक २३ देखि २५ गते (नोभेम्बर ९ देखि ११) सम्म संचालित एचसीपि लाइभ कक्षाकोठा आज सम्पन्न भएको छ । यस कार्यक्रममा नेपाल तथा भुटानका १० शिक्षण अस्पताल बाट करीब १०० नेत्र आवासिय चिकित्सकहरुले कक्षा लिएका छन् जसमा देश र विदेशका ११ नेत्र रोग विशेषज्ञहरुले कक्षा दिएका थिए ।
प्रतिष्ठानका कार्यकारी निर्देशक डा.सन्दुक रुईतले कक्षामा सहभागि नेत्र विशेषज्ञ तथा आवासिय डाक्टरहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथ प्रेरणादायक शब्दहरु व्यक्त गर्नुभएको थियो ।
यस लाइभ कक्षाको उद्देश्य नेपाल र भुटानका आवासिय चिकित्सकहरुलाई अन्तर्राष्ट्रिय र राष्ट्रिय नेत्र रोग विशेषज्ञहरूको पहँचमा पु¥याइ संयुक्त राज्य अमेरिका र अन्य विकसित राष्ट्र सरहको पाठ्यक्रम उपलब्ध गराउनु हो ।
यस कार्यक्रममा विभिन नेत्र विज्ञान विधामा ख्याती कमाएका उत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेत्र रोग विशेषज्ञहरुले आँखाको नानी (कर्निया), चश्मा हटाउने शल्यक्रिया (रिफ्ट्याक्टिभ र्सजरी), नेत्र अनुवांशिक (अफ्थाल्मिक जेनेटिक्स), आँखाको क्यान्सर (अकुलर अंकोलोजी) र आँखाको अन्य विधाहरुमा कक्षाहरु दिएका थिए ।
एचसिपी क्योरब्लाइन्डनेस एसिया र सब–सहारामा अनावश्यक अन्धोपन हटाउन काम गर्ने अमेरिकी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो जसले सन् १९९४ देखि नै नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानसँग अन्धोपन निवारणमा काम गर्दै आएको छ । ज्ऋए का सम्बद्ध नेत्र रोग विशेषज्ञहरूले नेपाल, घाना, इथियोपिया र भुटानका स्थानीय रेसिडेन्सी निर्देशकहरूसँग पाठ्यक्रम विकासमा काम गर्छन ।