
2021-11-16 14:48:19
(+977) 1 597 0048
(+977) 1 458 4574
Gaushala, Bagmati Bridge
News & update
हेटौडा सामुदायिक आँखा अस्पतालले बागमती गाँउपालिकाको समन्वय एवम् अन डिम प्रोजेक्टको सहयोगमा बागमती गाउँपालिकाको झुरझुरेमा पहिलो पटक २ सय १ जना मोतिविन्दुका बिरामीहरुको निशुल्क शल्यक्रिया गरेको छ । विभिन्न ९ स्थानमा आयोजित आँखा शिविरहरुमा २ हजार २ सय जनाको जाँच भएकोमा २ सय ६७ जना मोतिविन्दुका बिरामीहरु छानिएको थियो । भर्खरै जन्मेका बच्चा देखि ८० वर्षसम्मका ज्येष्ट नागरिकहरुले शिविरमा आँखा जाँच गराउन आएका थिए । हेटौडा सामुदायिक आँखा अस्पताल प्रमुख डा.सुनिल थकालीको नेतृत्वमा चिकित्सकिय टोलिले शल्यक्रिया गरेको थियो । बागमती गाँउपालिकाका अध्यक्ष शर्केश घलानले आँखा स्वास्थ्यकोलागि अत्यन्त उपयोगी यस किसिमको शिवर आयोजना गर्ने गाँउपालिकाले नियमिति रुपमा सहयोग गर्ने समेत बताउनु भयो । डिम प्रोजेक्टको सहयोगमा गाँउपालिकासंगको सहकार्यमा बागम ती गाँउपालिकाको झुरझुरेमा विगत २ वर्ष देखि बागमती सामुदायिक आँखा केन्द्र संचालनमा छ । यस क्षेत्रमा आँखाका बिरामीहरुलाई नियमित रुपमा आँखा स्वास्थ्यसेवा प्रदान हुँदै आएको छ । #TilganagInstituteofOphthalmology #HetaudaEyeHospital #CommunityProgram #EyeCamp #Cataract
©Copyright ©2022 Tilganga. Designed By Outofboxdesign