Aesthetic Occuloplasty CME at Tilganga
Dear Sir/Madam,
We have organized Botox & Fillers Workshop at Tilganga Institute of Ophthalmology on 28th October, 2024 ( Kartik 12, 2081) Monday. This was led by the Department of Ocular Oncology and Oculoplasty of NEP/TIO.
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानमा यहि २०८१ साल कात्र्तिक १२ गते सोमबारका दिन एक दिने विशेष एस्थेटिक अकुलोप्लाष्टि कार्यशाला आयोजना गरिएको छ । एस्थेटिक अकुलोप्लाष्टि भन्नाले आँखारोग उपचारको यस्तो विषय हो जसले आँखा र त्यस वरपरको सुन्दरतालाई जोड दिन्छ । शल्यक्रिया या अन्य उपचार पद्धतीबाट सुधार एवम् परिवर्तन ल्याउन मद्धत गर्ने विषय भएकाले यस प्रतिको चाँसो नेपाली समाजमा बढ्दो छ । यसै तथ्यलाई आधार मान्दै एस्थेटिक अकुलोप्लाष्टिका ३ अन्तर्राष्ट्रिय विज्ञहरुले प्रयोगात्मक प्रशिक्षण दिने कार्यशालामा देशभरका विभिन्न स्थानबाट आँखा रोग विशेषज्ञ र आवासिय चिकित्सकहरुले सहभागिता जनाएकाछन् ।
कार्यशालालाई सम्बोधन गर्नुहँुदै प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले अकुलोप्लाष्टि अन्तर्गत बोटक्स तथा फिलरजस्तो सुविधा शुरु गर्ने मार्गमा यस कार्यशाला आयोजना हुनु निकै उत्साहजनक विषय भएको बताउनुभएको छ ।
हाल तिलगंगामा डेढो आँखाको समस्या, आँखा डिल तथा अनुहारको मांशपेशी फरफराउने समस्या, अत्याधिक आँशु आउने समस्या, थाइरोइडबाट हुने आँखाको लिडको समस्याको उपचार बोटक्स इन्जेक्सनबाट निवारण भइराखेको छ । यस कार्यशाला पश्चात थप सेवाहरु प्रदान गर्न सकिने छ जसमा बोटक्सबाट अनुहारको चाउरीपन, घाँटीको चाउरीपन, लगायत अन्य आँँखा समस्याको उपचार गर्न सकिनेछ । यस्ता उपचारहरु चिकित्सकको निर्देशन अनुसार समय–समयमा गर्नुपर्ने हुन्छ ।
कस्मेटिक र सुन्दरताको दृष्टिकोणले गरिने फिलर इन्जेक्सन सेवा यस कार्यशाला पश्चात निरन्तर रुपमा उपलब्ध गराउन सकिने अपेक्षा राखिएको छ । नेपालमा आँखारोगको क्षेत्रमा पहिले प्रयोगमा नआएको यो सेवालाई अब नेत्ररोग विशेषज्ञहरुले औपचारिक रुपमै प्रयोगमा ल्याउन सक्नेछन् । यो सुविधा तिलगंगा आँखा प्रतिष्ठानमा तथा तिलगंगा सिटि आइ सेन्टर, चुचेपाटि, काठमाण्डौमा निकट भविष्यमानै शुरु हँुदैछ । यस सुविधा उपलब्ध भएसँगै आँखामा चोटपटक लागेका या असामान्य आँखाको आकार भएकाहरुलाई उपचार सहित मनोबल वृद्धिको सम्भावना हुने आशा राखिएको छ । त्यस्तै सुन्दरतामा निखार लयाउन बोटक्स र फिलरले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास गरिन्छ । अब प्रयोगमा ल्याउन लागिएको फिलर नेपालीहरुका लागि पहँुच योग्य रहने पनि चिकित्सकहरुको भनाइ छ ।