205 Sight Restoring Surgeries at Rapti
#RaptiOMEC 205 sight restoring surgeries performed at Tilganga Surgical Eye Center, Sisahaniya-Rapti. राप्ती स्थित तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनियाको आयोजना तथा राप्ती गाउँपालिकाको समन्वयमा सञ्चालित शिविरमा आँखा जाँच तथा शल्यक्रिया गरिएको छ । गत कार्तिक २३ गतेदेखि २८ गतेसम्म राप्ती गाउँपालिकासँगै गढवा गाउँपालिका, प्युठानको सरुमारानी, बाँकेको राप्ती सोनारी र कपिलवस्तुको विजयनगर गाउँपालिकाका विभिन्न १३ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरबाट छनोट भएका दुई सय ७५ जना मोतीबिन्दु भएका आँखाका बिरामीहरुमध्ये दुई सय पाँच जनाको शिविरमा शल्यक्रिया गरिएको हो ।