OMEC at Rolpa
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान ,तिलगंगा सर्जिकल आँखा केन्द्र रोल्पा र नेपाल रेडक्रस सोसाइटी रोल्पाको संयुक्त आयोजनामा तथा द फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोगमा माडी गाउँपालिका र परिवर्तन गाउँपालिका रोल्पाको सहकार्यमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । नेत्र रोग विषेशज्ञ डा. नम्रता गुप्ता, डा.उदय चन्द्र प्रकाश र नेत्र अधिकृत सरोज देवकोटाको नेतृत्वमा रहेको चिकित्सकिय टोलीले घर्तीगाउँ स्वास्थ्य चौकी माडी–२ रोल्पामा भएको शल्यक्रिया शिविरमा १२१ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरेको हो ।
A total of 121 cataract surgeries were performed on locals of Maadi and Pariwartan VDC of Rolpa in a joint effort of the Nepal Eye Program, Tilganga Institute of Ophthalmology, Tilganga Surgical Eye Center Rolpa, Nepal Red Cross Society Rolpa. The Fred Hollows Foundation funded the surgical camp, where the Medical Team was led by Dr. Namrata Gupta, Dr. Uday Chandra Prakash, and Ophthalmic officer Saroj Devkota.