OMEC at Manang
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले देश–विदेशका विभिन्न स्थानमा आफै पुगी निःशुल्क आँखा परिक्षण तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेकोमा हालसालै, डा. नम्रता गुप्ताको नेतृत्वमा असोज ८ र ९ गते हिमाली क्षेत्र चामे, मनाङ्गमा क्युर ब्लाइन्डनेस् प्रोजेक्टको सहयोगमा शल्यक्रिया शिविर सञ्चालन गरेकोछ । सो शिविरमा १७ पुरुष र १९ महिला गरी कुल ३६ जनाको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको छ भने विभिन्न दुर्गम स्थानमा पुगी ६७८जनाको आँखा परिक्षण गरिएको छ ।
Tilganga Institute of Ophthalmology (TIO) not only focuses on providing affordable eye care but also ensures equal service distribution, including free services. The TIO medical team, led by Dr. Namrata Gupta, successfully conducted a free Outreach Micro-Surgical Eye Clinic (OMEC) on September 24th and 25th, 2024, in the mountainous district of Chame, Manang, with support from the Cure Blindness Project. A total of 36 cataract surgeries were performed (17 male, 19 female). Prior to this event, the Community Eye Centre in Manang organized screenings in remote villages, reaching 678 individuals (227 male, 451 female).