रोशनले रोशनी पाएको क्षण

जसको नामै रोशन, उसैको जीवनमा रोशनी थिएन– आज बिहानसम्म।
हेटौँडा सामुदायिक आँखा अस्पतालमा आयोजित तीन दिने आँखा शिविरको पहिलो दिन हिजो (मंगलबार) डा. सन्दुक रूइतको टिमले झण्डै ७० जना मोतियाबिन्दु रोगीको शल्यक्रिया गरेको थियो। तिनैमध्ये एक थिए – १३ वर्षीय रोशन थिङ।
हिजो दिनभरि शल्यक्रिया गरिएका बिरामीको बुधबार बिहान आँखाको पट्टी खोल्ने कार्यक्रम थियो। सबै उत्सुक थिए, तर रोशनको विषयमा म केही चिन्तित थिएँ। किनकि, शल्यक्रियापछि रोशनले आँखा देख्न सक्नेमा कतिपय डाक्टरहरू विश्वस्त थिएनन्।
अरू बिरामीको आँखामा बुढेसकाल लागेपछि मात्रै मोतियाबिन्दु भएको थियो। एकाधबाहेक सबै बिरामीको एउटा आँखामात्रै बन्द भएको थियो। तर, रोशन जन्मिँदैखेरि राम्ररी देख्न सक्दैन थिए। उनको आँखा झन् बिग्रदै गयो र कक्षा दुईमा पुगेपछि उनी स्कूल जान पनि सकेनन्।
हिजो पटक–पटक उनको आँखाको जाँच भएको थियो। केही डाक्टरहरू रोशनले आँखा देख्नेमा ढुक्क थिएनन्। शल्यक्रियापछि पनि रोशनको समस्या उस्तै रहने हो कि भन्ने शंका तिनको थियो।
तर, जतिसुकै छिप्पिएको मोतियाबिन्दु पनि पाँच मिनेटमै झिकेर फ्याँक्न सक्ने डा. रुइत भने रोशनले फेरि आँखा देख्नमा विश्वस्त थिए। उनको चिन्ता भने अर्कै थियो – रोशनले देख्न त देख्छन्, तर धेरै टाढासम्म देख्न नसक्लान् कि!
यसैले, डा. रूइतले रोशनको पट्टी खोल्दा म डराइरहेको थिएँ। पट्टी खोलियो। रोशनले आँखा चिमचिम गर्न थाले। डा. रुइतले सोधे – उज्यालो देख्यौँ?
More news can be found on: