आँखा स्वास्थ्य सेवा सम्बन्धी जानकारी
नयाँ तथा पुरानो बिरामीहरुलाई शनिबार बाहेक हप्ताको ६ दिन र तिलगंगा आँखा प्रतिष्ठानको क्यालेण्डरमा जारी गरेको विदाको दिन बाहेक आँखा स्वास्थ्य सेवा उपलब्ध छ ।
आपतकालीन सेवा (Emergency)
७ दिन २४ सै घण्टा उपलब्ध छ ।
बिरामी दर्ता शुल्क रु. २००/– (दुइ सय रुपैयाँ मात्र) ।
बहिरङ्ग विभाग (OPD)
नयाँ बिरामीहरुको लागि
- नयाँ बिरामीहरुका लागि दिनमा २५० वटा कुपन वितरण गरिन्छ ।
- कुपन प्राप्त नभएका बिरामीले भोलिपल्टको लागि नाम लेखाएर जानसक्नुहुनेछ ।
- कुपन वितरण बिहान ६ बजे देखि गरिन्छ ।
- कुपन लिएका बिरामीहरुले बिहान ७ः४५ देखि १२ः०० बजे माथि दिएको कुपन नम्बर अनुसार तोकिएको समयभित्र दर्ता गराउनुपर्नेछ ।
- अघिल्लो दिन नाम लेखाउनु भएका बिरामीहरुले १२ बजेदेखि १ बजे भित्र दर्ता गराउनुपर्नेछ।
- बिरामी जाँच्ने समय बिहान ८ः३० देखि ३ः३० बजेसम्म ।
- बिरामी दर्ता शुल्क रु. १००/– (एक सय रुपैयाँ मात्र) ।
कुपन नं. दर्ता समय
१–५० ७ः४५–८ः३० बजे
५१–१०० ८ः३०–९ः०० बजे
१०१–१५० ९ः००–१०ः०० बजे
१५१–२०० १०ः००–११ः०० बजे
२०१–२५० ११ः००–१२ः०० बजे
पुराना बिरामीहरुको लागि
बिरामी जाँच्ने समय बिहान ८ः३० देखि ३ः३० बजे सम्म ।
अघिल्लो समय जचाँइसकेपछि पछि फलोअपको लागि आउँदा दिएको अपोइन्टमेन्टको समयमा आएर दर्ता गर्नुपर्नेछ ।
बिरामीहरुले बिहान ८ः०० देखि १२ः०० बजे भित्र दर्ता गराउनुपर्नेछ ।
बिरामी दर्ता शुल्क रु. ९०/– (नब्बे रुपैयाँ मात्र) ।
विस्तारित सेवा (Extended Clinic)
नयाँ बिरामीहरुको लागि
- सोधपुछमा बिरामीले जुन दिन जाँच गर्ने हो त्यस दिनको बिहान ७ ः३० देखि ८ः०० बजे सम्म अग्रिम नाम लेखाउनुपर्दछ । टेलिफोनबाट पनि नाम लेखाउन सकिन्छ ।
- बिरामी दर्ता समय दिउँसो ३ः०० देखि ४ः३० बजे सम्म ।
- बिरामी दर्ता संख्या हरेक दिन ८० देखि १२० जना मात्र गरिन्छ ।
- बिरामी जाँच्ने समय दिउँसो ३ः३० देखि ५ः०० बजेसम्म ।
- बिरामी दर्ता शुल्क रु. ३५०/– (तिन सय पचास रुपैयाँ मात्र) ।
पुराना बिरामीहरुको लागि
- बिरामी दिउँसो ३ः०० बजेसम्म आइपुग्नुपदर्छ ।
- आँखाको विशेष सेवा सम्बन्धि बिरामीहरुले अगाडि नै समय लिनुपर्नेछ ।
- बिरामी जाँच्ने समय दिउँसो ३ः३० देखि ५ः०० बजेसम्म ।
- बिरामी दर्ता शुल्क रु.३५०/– (तिन सय पचास रुपैयाँ मात्र) ।
विशेष परिक्षण (Special Clinic)
कर्निया (आँखाको नानी), रेटिना (आँखाको पर्दा), ग्लाउकोमा (जलविन्दु), युभिआइटिस, न्यूरोअफ्थाल्मोलोजि (आँखाको नशा), अकुलोप्लाष्टिक (आँखाको प्लाष्टिक सर्जरी), पेडियाट्रिक (बाल आँखा) रिफ्रयाक्टिभ सर्जरी र अकुरल अंकोलोजी (आँखाको क्यान्सर)
बिरामी दर्ता शुल्क रु. १५०/– (एक सय पचास रुपैयाँ मात्र) ।
बिमासम्बन्धी जानकारी र कामको लागि दर्ता अगाडि विमा सेक्सनमा सम्पर्क गर्नुहोला ।
अन्य सेवा तथा शुल्क बारेमा जान्न चाहेमा सोधपुछमा सम्पर्क गर्नुहोला ।
शल्यक्रिया चिकित्सकको सल्लाह बमोजिम ।